हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

बसको ठक्करबाट घाईते यूवाको उपचार खर्च नदिएको भन्दै स्थानीयवासीद्वारा चक्का जाम

image not found

सोम दियाली, श्रावण ८, सर्लाही ।। बसको ठक्करबाट घाईते भएका यूवाको उपचार खर्च नदिएको भन्दै स्थानीयवासीले आईतवार लालबन्दी र नवलपुरमा आधा आधा घण्टा चक्का जाम गरेका छन् । गत जेष्ठ २४ गते ना३ख २६०१ नम्वरको वसको ठक्करबाट घाईते भएका हरिवन नगरपालिका २ का मनोज चौधरीलाई उपचार खर्च नदिएको भन्दै स्थानीयले चक्काजाम गरी विरोध जनाएका हुन । हरिवन, लालबन्दी र नवलपुरका स्थानीय, समाजसेवी, राजनितिकर्मी र घाईतेका परिवारले जनकपुर वस व्यवसायि र सवारी धनीले घाईतेको सम्पूर्ण उपचार खर्च सहमति अनुसार तत्काल उपलब्ध गराउनु पर्ने माग राखेका छन् । माग पूरा नभए आन्दोलन गर्ने समाजसेवी एवं माओवादी केन्द्रका नेता अर्जुन पन्तले जानकारी दिनु भयो । उता जनकपुर वस व्यवसायि संघले भने आफुहरुले नेपाल सरकारको नियम अनुसार उपचार खर्च वापत ३ लाख रुपैया ईलाका प्रहरी कार्यालय लालबन्दी मार्फत दिई सकेको बताएको छ । घाईतेको अवस्था हेरी थप सहयोग गर्न सकिने जनकपुर अंचल वस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताउनु भयो । तर चक्काजाम र आन्दोलन गरेर सहयोग पाईदैन त्यसको लागि सहमतिमा आउनु पर्छ हामी सहयोग गर्न तयार छौं अध्यक्ष चौधरीले बताउनु भयो ।