हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

२५ हजार रुपैयाँ घुससहित पक्राउ

image not found सर्लाही । सर्लाहीको बरहथवास्थित नेपाल विद्युत् प्रधिकरण उपशाखाका कर्मचारीे २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मङ्गलवार थ्रीफेज बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिँदालिँदै अख्तियारको सम्पर्क कार्यालय बर्दिवासको टोलीले धमेन्द्र यादवलाई कार्यकक्षबाट पक्राउ गरेको हो । यस अगाडि पनि विद्युतको मिटर जडान गर्दा विद्युत् प्रधिकरण बरहथवा उपशाखाका कर्मचारीहरुले ग्रहकसँग २ हजारदेखि २५ सय रुपैयाँसम्म घुस लिने गरेको उपभोक्ताले गुनासो गरेका छन् । उनीहरूले च्यानल मिलाएर बिजुलीको ट्रान्सफार्मर बिग्रँदासमेत लाखौँ रुपैयाँ घुस लिने गरेको उपभोक्ताले बताएका छन् । थप अनुसन्धानका लागि यादवलाई अख्तियारको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ ।