हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सर्पको टोकाइबाट चन्द्रप्रसाद पौडेलको मृत्यु भएको छ

image not found सर्लाही । सर्पको टोकाइबाट सर्लाहीको हरिवन नगरपालिका–९ दनुवारीका ७८ बर्षीय चन्द्रप्रसाद पौडेलको मृत्यु भएको छ । घरमा खाना खाँदै गर्दा आइतबार राती पौडेललाई गोमन सर्पले टोकेको थियो । उनलाई उपचारको लागि तत्कालै नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याईएको भएपनि उपकरणको अभावमा उपचार सम्भव नभएपछि बिरगंज लगिएको थियो । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषित गरेका मृतकका छोरा गोकर्ण पौडेलले जानकारी दिनुभयो । नबलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहँुदा सर्लाहीमा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ । स्थानीयको पहलमा पाँच बर्ष अघि नवलपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना भए पनि उपकरण, औषधि र दक्ष स्वास्थ्य कर्मी नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीको उपचार गर्न समस्या हुने गरेको डाक्टरहरुले बताएका छन् ।