हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

विचार ब्लग

सडकमा यसरी हिडौं

नजिकै आकाशे पुल छ तर त्यसको प्रयोग धेरैले गर्दैनौ । जेब्रा क्रसिङबाट पनि थोरैले मात्र बाटो काट्छौं । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा वर्षेनी सडक दुर्घटना कै कारण झण्डै १३ लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा मात्र १७ सयदेखि २ हजारसम्मले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

हजारौको संख्यामा अपाङ्ग हुन्छन् । त्यसमा पनि १६ देखि ३५ वर्षसम्मका यूवा सडक दुर्घटनामा पर्ने गरेका छन् । ट्राफिक नियमको पालना गर्दा संभावित दुर्घटनाबाट जोगिन सकिन्छ । त्यसको लागि पैदलयात्री, बालबालिका र चालकले आफ्नो ठाउँबाट नियम पालना गर्दा दुर्घटना कम गर्न मद्दत गर्छ । 

बालबालिकाले के गर्नुपर्छ त ? 

  • सडकमा नखेल्ने, 
  •   पैदल यात्रा पर्दा फुटपाथको मात्र प्रयोग गर्ने, फुटपाथ नभएको अवस्थामा दाहिने किनाराबाट हिँड्ने, दाहिने किनाराको प्रयोग गर्दा अगाडिबाट आएको गाडी देख्न सकिन्छ बायाँबाट पछाडिबाट आएको गाडी नदेख्दा दुर्घटना हुन सक्छ । 
  • जेब्रा क्रसिङबाटबाट पार गर्ने । जेब्रा क्रसिङ नभएको ठाउँमा दायाबाँया र फेरि दायाँ हेरेर मात्र बाटो काट्ने 
  •  आकाशे पुल र सव वे भएको ठाउँमा त्यसको प्रयोग गर्ने 
  •   सार्वजनिक यातायातमा बालबालिकालाई कुनै दुव्र्यवहार भएको खण्डमा नेपाल प्रहरीको १००  नम्बर, ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरेर जानकारी दिने 
  •   अँध्यारोमा पैदल यात्रा गर्दा चम्किलो लुगा लगाउने, कालोे निलो नलगाएर,                                      सेतो, पहेँलो वा टल्किने लुगा लगाउने 
  •    बालबालिकाले गाडीमा यात्रा गर्दा अगाडिको सिटमा नबस्ने  
  •     ट्राफिक बत्ति भएको ठाउँमा हरियो बत्ति बलेपछि मात्र बाटो काट्ने 

पैदलयात्रुले के गर्ने ? 

  •    फुटपाथको प्रयोग गर्ने, फुटपाथ नभएको खण्डमा दाहिने किनाराको प्रयोग गर्ने ।
  •    कमिलाको जस्तो ताँतीमा हिँड्ने । पंक्तिमा होईन । पंक्तिमा हिँड्दा धेरै ठाउँ ओगटेर दुर्घटनाको जोखिम बढ्छ । 
  •    बालबालिकालाई डोहो¥याउँदा सडकको बाहिरी किनारामा पारेर डोहो¥याउनुपर्छ । भित्र पार्दा गाडीले बालबालिकालाई ठक्कर दिने जोखिम धेरै हुन्छ । 
  •   आकाशे पुलको प्रयोग गर्ने । आकाशे पुल भएको ठाउँमा सडकबाट बाटो काट्दा तिब्र गतिमा आएको गाडीले ठक्कर दिने संभावना धेरै हुन्छ । 
  •   रोकिराखेको गाडीको अगाडि वा पछाडिबाट बाटो काट्नुहुन्न । किनभने रोकिराखेको गाडीले छेकिने भएकाले अर्को गाडीले नदेख्दा दुर्घटना हुन सक्छ । 
  •    बाटो काट्दा छोटो र सिधा ठाउँबाट मात्र बाटो काट्ने । छड्के गर्दा दुर्घटनाको जोखिम हुन्छ । 
  •    नजिकै रहेको जेब्राक्रसिङ र आकाशे पुलबाट बाटो नकाट्नु भनेको लापरवाही हो । कानुनमा पैदलयात्रुलाई जरिवाना गर्ने व्यवस्था नभएकाले समस्या छ । उनीहरुलाई हामी सम्झाइबुझाइ गरेर पठाउँछौं । 

सवारी चालकले के गर्ने ? 

  •    सबैभन्दा महत्वपूर्ण भूमिका चालकको हुन्छ । उसले ध्यान दिए धेरै दुर्घटना हुनबाट जोगिन्छ । 
  •   सर्पको हिँडाइमा गाडी चलाउनु हुन्न । 
  •     जाँडरक्सी खाएर चलाउनु हुन्न । 
  •    सडकमा ध्यान दिनुपर्छ । मोबाइलमा बोल्ने, भित्तामा भएका होडिङबोर्ड हेर्ने, अरुसँग गफ गर्ने गर्नुहुन्न । 
  •    रातको समयमा फग लाइट र डिपर लाईटको प्रयोग गर्नुपर्छ । 
  •    एम्बुलेन्स, दमकल आए पहिलो प्राथमिकता दिनुपर्छ । 
  •    साईडलाइटको सहि प्रयोग गरेर दाहिने तर्फबाट ओभरटेक गर्ने ।
  •   लेन अनुसान पालना गर्ने ।
  •  मोटरसाइकल चालकले कान छोपिने गरि हेलमेट लगाएर फिता बान्नुपर्छ । दुर्घटना भइहाले टाउको जोगाउन मद्दत गर्छ । 

यसरी बालबालिका, यात्रु र चालकले आफ्नो जम्मेवारी पूरा गरे दुर्घटना न्यूनिकरणमा मद्दत पुग्छ । तर त्यसको लागि व्यक्तिमा सम्यता र संस्कारको विकास आवश्यक छ ।

नत्र यी कुराहरु पूर्ण रुपमा लागु हुन गाह्रो छ । ट्राफिक प्रहरीले सकेसम्म सचेतना फैलाउने काम गरिरहेको छ । निरन्तर प्रयासरत छौ । तपाईको पनि साथ भए कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन थियो कि ?