हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

सप्तरीका बाढिपिडीतको लागी सर्लाहीका युवा द्धारा राहत संकलन

image not found

अषाढ २८ सर्लाहीको युवा, स्थानिय बासी, राजनितीक दल, लगाएतको सकृयतामा ससप्तरीका बाडिपिडितको लागी राहत सामग्री संकलन गरेका छन् । गत हप्ता सप्तरीको तिलाठी, लगाएतको खोलामा आएको बाडिले सप्तरी जिल्लाको विभिन्न स्थानमा गरी १ सय ५० घर बगाउनुका साथै ५०० को हाराहारीका घर ढुवानमा परेको थियो । बाडि बाट बिस्थापित भएका परिवारको लागी आज हरिवन बजार क्षेत्रका उध्योगी, ब्यापारी तथा समाज सेवी राजनितीक दलबाट खाध्यन्न, लता कपडा लगाएतका सामान संकलन गरेको हो । संकलन बाट १८ हजार नगद सहित ५० हजार बराबरको खाध्यन्न चामल, चिउरा, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ लगाएतको सामग्र संकलन भएको हो । राहत सामग्र संकलन कार्यलाई भोलि पनि निरन्तरता दिईले संकलन कार्यमा संलग्न युवा बिनेस कार्कीले जानकारी दिनुभयो । यस क्षेत्रबाट संकलित राहत सामग्री आउदो सनिवार सप्तरीका बाडि पिडित सम्म पुर्याउने समाज सेवि चुडामणी वाग्लेले जानकारी दिनुभयो । बिपद्को समयमा नै एक नेपाली अर्को नेपालीको काम आउनु पर्ने भएकोले सम्पुर्ण स्थानियलाई सहयोगको गरी दिन राहत संकलन समितिले अनुरोध गरेको छ । यसैविच नेपाल विद्यार्थी संघ सर्लाहीले सप्तरीका बाढी पीडितलाई सहयोग गर्ने भएको छ । आज लालबन्दीमा बसेको नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर १ र २ संयुक्त बैठकले बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि लालबन्दी, हरिवन, बयलवास लगायतका ठाउँमा पार्टीका शुभेच्छुक, शुभचिन्तक तथा स्थानीय उद्योगी, व्यवसायी र समाजसेवीसँग सहयोग संकलन गर्ने निर्णय भएको नेविसंघ क्षेत्र नम्वर १ का क्षेत्रीय सचिव प्रकाश मैनालीले जानकारी दिनुभयो । बैठकमा नेविसंघका नेता युवराज देवकोटा, १ नम्वर क्षेत्रका क्षेत्रीय सभापति गोपाल कार्की, २ नम्वर क्षेत्रका क्षेत्रीय सभापति मन्जर आलम लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो।