हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

लालबन्दि नगरपालीका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री बितरण

image not found
सर्लाही, असार २० – सर्लाहिको लालबन्दीमा लालबन्दि नगरपालीका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री बितरण गरिएको छ । लालबन्दी नगरपालीका तथा प्रेरणा अपाङ्ग पुनस्र्थापना केन्द्र मलंगवा को आर्थीक तथा प्राबिधिक सहयोग तथा नगर स्तरिय अपाङ्गता संजाल लालबन्दिको आयोजनामा हिजो नगरपालीका भित्रका ६ जना अपाङ्गता भएका ब्यक्तिलाई सहयोगी सामाग्री बितरण गरिएको हो । नगरस्तरिय अपाङ्गता सञ्जाल लालबन्दिका अध्यक्ष कामदेव केसिको अध्यक्षतामा भएको कार्यक्रममा लालबन्दी नगरपालीका का कार्यकारि अधिकृत पशुपति महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मा नगरभित्रका ३ जनालाई ह्विल चेयर, १ जनालाई ट्राई साइकल, १ जनालाई बैसाखि र १ जनालाई ए एफ ओ बितरण गरिएको प्रेरणा अपाङ्ग पुनस्थापना केन्द्र मलगंवाका सामाजिक परिचालक भाग्य नारायण चौधरिले जानकारि दिनुभयो ।