हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

मधेसी मतदाता भन्छन् : हामी मत हाल्न आतुर छौं

image not found
 
 
 

 

 
 

 

१ असार, नेपालगन्ज । यही असार १४ मा हुने दोस्रो चरणको निर्वाचनमा बाँकेका मधेसी मुस्लिम बाहुल्यता गाउँपालिकाका अधिकांश मतदाता मतदानमा सहभागी हुँने बताएका छन् । उनीहरु आफ्नो गाउँ र ठाउँको बिकासको लागि निर्वाचनमा भाग लिने बताउँछन् । बाँके जानकी गाउँपालिका-५ साविक बेलहरी गाविस गुरुवागाउँका २७ वर्षीय मनमोहन बर्मा पहिलो पटक स्थानीय तहको चुनावमा मत हाल्दै छन् । गाँउमा दिनहुँ जसो मत माग्ने र चुनावमा भाग नलिने भनी आन्दोलन गर्नेहरुसंग भेट हुने गरेको प्रसंग सुनाउदै भने-‘ भोट हाल्ने र बहिस्कार गर्ने दुबैसंग भेट हुने गरेको छ सबैको आ-आफ्नै अडान छ । उनीहरु जनताले के चाहेका छन् भनेर बुझ्न त परै जाओस आफ्नै कुरा एकोहोरो सुनाएर जान्छन् ।’