हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

हरिवन नगर क्षेत्र भित्रको लोकमार्ग सरसफाई गर्नेकाम तिब्र गतिमा अघि बढ्दै

image not found

 सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा पर्ने ८ किलो मिटर पुर्व पश्चिम लोकमार्गलाई सरसफाई गरेर सडक चौडा पार्ने काम तिब्र गतिमा अगाडी बडेको हो । सडक अतिक्रमण गरेर बनाइएको घर, टहरा तथा पसल हटाउने काम भै रहेको हरिवन नगरपालिकाको कार्यलयले जनाएको छ ।

सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाको कारण सडक दुर्घटना समेत बडदै गएको जिल्ला ट्राफिक कार्यलय सर्लाहीले बताएको छ । १७ दिन पहिले १५ दिने सुचना तथा तिन दिने अल्टीमेटम पंश्चात पनि स्थानियले आफ्नो भौतिक संरचना नहटाए पछि बागमती सेवा समाज राजनीतिज्ञ, उद्योगी, व्यापारी, महिला, युवा, लगायत । नेपाल प्रहरी, ससस्त्र प्रहरी र म्यादी प्रहरी समेतको सहयोगमा हरिवन नगरपालिका कार्यलयले स्काभेटर प्रयोग गरेर सडक खालीगर्ने तथा सरसफाई कार्य अगाडी बढाएको नगरपालिका प्रमुख टिकाराम ढकालले जानकारी दिनुभयो । 
 
हरिवन नगरपालिका कार्यलयले यस बाहेक साप्ताहिक सरसफाई अभियान समेत संचालन गर्ने गरेको छ । जिल्लाकै सफा तथा समुन्नत नगर बनाउने योजना अनुसार हरिवन नगरपालिकाले नगर भित्रका सम्पुर्ण सडक सरसफाई गर्ने तथा फराकिलो बनाउने र जिल्लामै स्वच्छ र सफा नगरको परिकल्पना तथा फोहार, प्रदुसणका कारण नगर बासीले बर्षेनी सास्ती बेहोर्नु परेकोले हरिवन नगरपालिकामा सरसफाईलाइृ प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख ढकालले बताउनु भयो ।
सडक फराकिलो तथा सरसफाई गर्ने कार्यमा सहयोग पुर्याइ दिन सम्पुर्ण नगरबासीमा नगरपालिका कार्यलयले अनुरोध गरेको छ ।