हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

अनुगमन टोली द्वारा नवलपुर मोडल हस्पिटल मा शिलबन्दी

image not found

शनिवार, ६ जेठ

                            लालबन्दी नगरपालिका वडा नं १ नवलपुरमा करिब १ महिना अघि देखि बाट सञ्चालनमा आएको नवलपुर मोडल हस्पिटल लाई आज शनिवार बिहान अनुगमन टोलीले शिल गरेको छ । सञ्चालन गर्ने अनुमति बिना नै सञ्चालन गरेको पाइएपछि शिल गरिएको अनुगमन टोलि ले बताएको छ ।  स्वास्थ्य मन्त्रालयबाट भवनाथ खतिवडाको संयोजकमा खटिएको टोलीले प्रक्रिया नपुर्याइ अस्पताल​ सञ्चालन गरेको बिशेष सुराकी पाएपछि आज अस्पताल मा छापा मार्दा प्रक्रीया नै नपुर्याई अस्पताल सन्चालन गरेको पाईएको ले शिलबन्दी गर्नु परेको टोलि का प्रमुख खतिवडा ले बताए।  २४ सै घन्टा उपचार सेवा, औषधि विक्रिवितरण, एक्सरे , भिडियो एक्सरे रे, ल्याबका सेवा सहित विभिन्न रोगहरुको उपचार गर्न भनी खोलिएको उक्त अस्पताल अवैधानिक पाइएपछि आमनागरिक को स्वास्थ्य माथि नै गम्भीर खेलवाड गर्ने अधिकार कसैलाई नभएको टोलीका उपसचिव भवनाथ खतिवडाले बताए । अस्पताल तालाबन्दी गरी शिल गरिएपछि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।