हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

केपी ओलीको घोषणाः दासढुंगा हत्याकाण्डको रहस्य पत्ता लाग्छ

image not found

३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने बताएका छन् । ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरेका छन् । एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन-आश्रति स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षडयन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरे । एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गरे । ओलीले भने- ‘मदन आश्रति हत्याकाण्ड, दरबार हत्याकाण्ड, जस्ता ठूला षडयन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंग्ाामा दुर्घटनामा परी निधन भएको थियो ।

पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रति चढेको गाडी त्रिशुली नदीमा खसेको थियो ।

आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।

के अब नेकपा एमालेले दासढुंगा काण्ड र दरबार हत्याकाण्डको फाइल खोल्ला ? कि यो विषय प्रत्येक वर्षको जेठ ३ गते वा जेठ १९ गते भन्ने कुरा मात्रै हो ?

तर, विभिन्न छानविनहरुले सो घटनालाई दुर्घटना मानेपछि एमालेले अहिले २४ वर्ष बित्दासम्म यो प्रकरणबारे कुनै अनुन्धान अघि बढाएको छैन । यसवीचमा सरकार पुग्दा पनि एमालेले दासढुंगा काण्डबारे बोलेको थिएन ।

तर, एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षडयन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गरेका हुन् ।

बुधबार २४ औं मदन स्मृति दिवस मनाइरहँदा मदनपत्नी राष्ट्रपति विद्यादेवी भण्डारी विदेशमा छिन् ।