हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

उखुको मुल्य निर्धारण नहुदा किसान अन्योलमा

image not found
उधोग पति र किसान प्रतिनीधि विच काठमाडौमा भएको पटक–पटक भएको वार्ताबाट उखुको मुल्य निर्धारण हुन सकेन । नेकपा एमाले का पुर्व जिल्ला संयोजक एवंम किसान नेता डिल्ली प्र. उप्रेती का अनुसार वार्ता काठमाडौमा हुने तय गरिएको जानकारी दिए । वार्तामा किसान प्रतिनिधिहरु डिल्ली उप्रती , राज कु. उप्रेती , वेद ब. बुढाथोकी , कपीलमुनी मैनाली , कमल बुढाथोकी लगायतका किसान नेता थिए भने मिलतर्फबाट राजेश केडिया , राज कु. अग्रवाल , हितेश अग्रवाल लगायत का उधोगीहरुको सहभागीता थियो । उखुको मुल्य निर्धारण नहुदा सलार्हीका किसान आर्थिक रुपले मर्कामा परेका छन् । भने अर्कोतर्फ मल खाध वीउविजन र ज्याला मजदुरी बढदो छ । मिल संचालकले चिनीको मुल्य बढे अनुसार उखुको उचीत मुल्य पाउने आशामा किसनहरु ढुक्क छन । पाच वर्षअघि प्रतिक्विन्टल ४ सय ८१ पाएका किसानले उखुको मुल्य घटदै गत वर्ष ४ सय ४८ रुपैयामा विक्री गरेका थिए यस वर्ष किसान नेताहरुको तर्फबाट ५६५ को अडान लिए पनि उधोग पतिहरुले ५ सय १४ सम्म प्रतिक्विन्टल मुल्य दिनेमा आइपुगेको छ । चिनीको मुल्य बजारमा उच्च रहेको र उधोगीले महगो दरमा विक्री गरेकाले उखुको मुल्य बढाउनु पर्ने किसान नेताहरु वताउछन् । तराई मधेसका अकिान्स जील्लाहरुमा किसानले व्यवसाइक रुपमा उखु खेती गरेको पाइन्छ तर हाल सम्म पनि मुल्य निर्धारण नभएपछि अन्योलमा परेको किसान प्रतिनिधीहरु वताउछन् । मुल्यमा सहमति नभए पछि कुनै पनि उधोग संचालनमा आएका छैनन् । उखुका मुल्य हाल सम्म पनि निर्धारण नहुदा सर्लाही लगायत अन्य जिल्ला का किसानहरु आर्थिक रुपले मर्कामा परेका छन् । उखुको मुल्य समयमा नै निर्धारण नहुदा गतवर्ष उधारोमा उखु वेच्नुपरेको पीडा सर्लाहीका किसानले र्विषिएका छैनन् । काटौ मुल्य निर्धारण भएको छैन, नकाटौ वोटमै सुक्ने डर हचुवाको भरमा बेच्नु पर्ने वाध्यतामा किसान छन् । तर मिलगेट उखु उत्पादक समीती का अध्यक्ष बुढाथोकीले एक कार्यक्रमा अब छलफल निकास नजिक आएको र आगामी एक साताभित्र मुल्य कायम हुने विश्वास दिलाए ।