हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

उखु किसान र उद्योगीबीचको बार्ता तेस्रो पटक पनि असफल

image not found

सर्लाही २ पुस–  सर्लाहीमा उखुको मूल्य तय गर्न उद्योगी र किसानका प्रतिनिधीहरुबीच तेस्रो पटक भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ । बाराको परवानीपुरमा गएराती अबेर सम्म चलेको वार्तामा उद्योगी र किसानका प्रतिनिधीहरुले आ–आफ्नै अडान नछाडेपछि मूल्यमा सहमति हुन नसकेको हो । उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले वार्तामा आफूहरुले यस सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैँया सम्म पाउनुपर्ने माग गरेको बताउनुभयो । तर उद्योगीहरुले ५ सय १३ रुपैँया भन्दा बढी दिन नसक्ने अडान लिएका छन् । मूल्य तय गर्नका लागि पुष ६ गते पुन काठमाण्डौमा चौथो पटक वार्तामा बस्ने निर्णय भएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष बेदबहादुर बुढाथोकीले जानकारी दिनुभयो । वार्तामा उद्योगीहरुले मूल्य तय नभएसम्म मिल नचलाउने प्रतिवद्धता जनाएका किसानका प्रतिनिधीहरुले बताएका छन् । उखु काट्ने बेला भैसक्दा समेत मूल्य तय नहुँदा सर्लाही सहित तराईका विभिन्न जिल्लाका किसान चिन्तित भएका छन् ।