हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

स्वास्थ्य चौकीमा डाक्टर नबस्दा बिरामी मर्कामा

सर्लाहीका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मी नबस्दा बिरामीहरु मारमा परेका छन् ।

जसका कारण जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश बिरामीहरु घण्टौ लगाएर उपचारका लागि सीमावर्ती भारतीय बजार र सदरमुकाम मलंगवा जान बाध्य भएका हुन् ।

अहिले जिल्लाभरी नै भाइरल ज्वरोको प्रकोप फैलिरहेको भएपनि स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नहुँदा सर्वसाधारणलाई उपचार गर्न नै समस्या भएको हो ।

एबुलेन्स र यातायातको समेत राम्रो पहुँच नपुगेको ग्रामीण क्षेत्रका बिरामीहरुलाई उपचारका लागि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सम्म लान पनि समस्या भैरहेको गुनासो बढेको छ ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा काम गर्ने अधिकांश चिकित्सकहरु निजी क्लिनिक खोलेर बस्न थालेपछि सर्वसाधारणहरु चर्को शुल्क तिरेर निजी क्लिनिकमा उपचार गराउन बाध्य भएका छन् ।