हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

अघि बढ्यो माथिल्लो त्रिशूली

image not found

१,पुस,काठमाडौं । सरकारले कोरियाली र नेपालीको संयुक्त लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना विकास सम्झौता पीडीए स्वीकृत गरेको छ । आजको कान्तिपुरमा खबर छ– उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पीडीए स्वीकृत गरेपछि मुलुकको जलस्रोत क्षेत्रमा दक्षिण कोरियाबाट ५० करोड अमेरिकी डलर ९५० अर्ब रुपैयाँ० विदेशी लगानी भित्रिन लागेको हो । आयोजना निर्माण गर्न ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । १० प्रतिशत लगानी भने नेपाली साझेदारले गर्नेछन् । दुई दशक अगाडि विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकासी जलविद्युत आयोजना निर्माण भएयता मुलुकमा वैदेशिक लगानीमा कुनै पनि आयोजना बनेको छैन ।