हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

खुकुरी देखाएर दुब्यर्वहार गर्ने पक्राउ

image not found

सलार्ही– लालबन्दीस्थित जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्रालाई खुकुरी देखाई लछारपछार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय, लालबन्दीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बुधबार खुकुरी देखाएर छात्रालाई लछारपछार गर्ने ढुंग्रेखोला गाविस ७ का २१ वर्षिय रोशन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । बुढाथोकी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनी विरुद्ध अदालतमा मुद्दा चलाउन सदरमुकाम मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  छात्रालाई लछारपछार गरेको देखेका युवाहरुले बुढाथोकीलाई समात्न खोज्दा उनी भागेको र उनलाई प्रहरीले लखट्दै पक्राउ गर्न सफल भएको थियो ।