हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

घुस लिएको आरोपमा गाविस सचिव पक्राउ ।।

image not found

सर्लाहीको पडरिया गाविसका सचिव रामगुलाम रायलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकताको सिफारिस लिन जाँदा सेग्राहीसँग घुस लिएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरीले रायलाई पक्राउ गरेको हो । सचिव रायले जन्मदर्ता बनाउँदा, नागरिकताको सिफारिस लगायत गाविसको अन्य काम गर्दा सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालयमा पैंसा बुझाउनु पर्छ भन्दै मनपरि रकम लिने गरेको स्थानीयको भनाइ छ । तीन वर्षदेखि पडरिया गाविसमा कार्यरत सचिव रायले गाविसको बजेट समेत हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । आफूहरुले गाविसको नाममा रहेको बैंक खाता समेत रोक्का गर्न माग गर्दै प्रशासनमा निवेदन दिएको पडरिया १ का देवेन्द्र मण्डलले जानकारी दिनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले यस बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो । आफूले गाविस सचिव रायलाई तारेखमा उपस्थित गराई सोधपुछ गरिरहेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । पडरियाका केही स्थानीयले आज जिल्ला प्रशासन कार्यालय मलंगवामै गएर गाविस सचिव रायलाई कडा कारवाही गर्न माग गरेका छन् ।