हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सर्लाहीमा घुस माग्ने चार जना कर्मचारीलाई नियन्त्रण लिएर स्थानियहरु प्रहरीमा बुझाए ।

image not found

नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई धनगढा गाविसका स्थानिय युवाहरुले पक्राउ गरी प्रहरीमा बुझाएको छ । गत वर्ष नापि गरिएको गाविसको जग्गाको लालपुर्जा बनाउनका लागि गाविसका स्थानियहरुसंग नापी गोश्वाराका कर्मचारी नागेन्द्र साहको नेतृत्वमा गएको टोलीले अवैध रुपमा (घुस) पैसा उठाई रहेको समयमा स्थानिय व्यक्तिहरुले कर्मचारीहरुलाई नियन्त्रणमा लिइ प्रहरीमा बुझाएको थियो । ऐलानी जगा छ, तिमिलाई बढी जग्गाको लालपुर्जा बनाई दिन्छु, भन्दै स्थानियहरुसंग पैसा संकलन गर्दै गरेका कर्मचारीलाई रामजानकी मन्दीरमा २ घण्टा सम्म थुनेर प्रहरीलाई बुझाएको थियो । प्रहरी चौकी लौकठ हिरापुरबाट आएको प्रहरीले   कर्मचारीहरुलाई बरहथवा इलाका प्रहरी कार्यालयमा लगिएको र आज जिल्ला प्रशासन कार्यलयमा सर्लाहीमा बुझाउने जनाइएको  छ । कर्मचारीहरुले धनगढाका स्थानियहरुसंग २ सयदेखि ५ हजारसम्म पैसा उठाएको स्थानिय बिजय साहले जानकारी दिनुभयो ।