हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

पुरानै संनरचना गाबिस नगरपालिकालाई कायम राखेरै भएपनि तत्कालै स्थानिय चुनाब गराउनु पर्ने

image not found
राजिब साह, सर्लाही 
भदौ १३ गते
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जवराले स्थानिय निकायको चुनाब धेरै पर सार्न  नसकिने बताउनुभयो । उहाले भएको पुरानै संनरचना गाबिस नगरपालिकालाई कायम राखेरै भएपनि तत्कालै स्थानिय चुनाब गराउनु पर्नेमा जोड दिनुभयो । सर्लाहीको हरिवनमा पत्रकारहरुसंगको कुराकानीमा अध्यक्ष जवराले  मधेशमा दुई प्रदेश हुनुपर्ने बताउदै  केही पहाडी  जिल्लालाई मिलाएर पृथ्क प्रदेश बनाउनु पर्ने बताउनुभयो ।   राप्रपा नेपालले पार्टी एकिकरण प्रकृयामा अन्तिम चरणमा पुगेसकेपछि राप्रपा पछि हटेको बताउनुभयो । उहाले आफनो पार्टी अहिले पनि एकता प्रकृयमा तयार रहेको बताउनुभयो । अन्तरिम बिधान तयार गर्ने काम हुदाहुदै रप्रपा नेपालले गालीगलौजमा उत्रिएर एकता प्रकृया भाडेको उहाले आरोप लगाउनुभयो । त्यस्तै भुमिसुधार ब्यवस्था मन्त्री बिक्रम पाण्डेले बास्तबिक सुकुम्वासीको पहिचान गरेर समाधान गर्न सरकार लागि परेको बताउनुभयो । सुकुम्वासीको नाममा जथाभाबी सार्वजनिक जग्गा अतिक्रमण गरे कार्वही गर्न सरकार पछि नपर्ने मन्त्री पाण्डेले चेतावनी दिनुभयो ।  सोमबार सर्लाहीको सुखेपोरीमा राप्रपाका कार्यकर्तालाई उत्प्रेणा तथा जनचेतना तथा कार्यक्रममा सहभागि हुन उहाहरु सर्लाही आउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले आयोजना गरेको कार्यकर्ता उत्प्रेरणा जन चेतना कार्यक्रम आज हरिवनमा समपन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सत्यनारायण रायको अध्यक्षतामा भएको कार्यक्रममा धनुषा, महोत्तरी, सिन्धुली जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम समपन्न भएको हो ।