हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

राजनीतिक संक्रमणकालले सामाजीक सभ्यता, संस्कृति र मानवियताको क्षेत्रमा नकारात्मक असर परिरहेको राष्ट्रपति भण्ड

image not found
सर्लाही भदौ१० गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लामो राजनीतिक संक्रमणकालले सामाजीक  सभ्यता, संस्कृति र मानवियताको क्षेत्रमा नकारात्मक असर परिरहेको बताउनु भएको छ । शुक्रबार सर्लाहीको लालबन्दीमा राधाकृष्ण मन्दिरको उद्घाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक संक्रमणले कतिपय क्षेत्रमा अराजकता समेत पैदा गरिरहेको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्य, मन्दिर, ताल, तलैया, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक सम्पदाको स्थानीय जनसमुदायको योगदानबाट मात्र संरक्षण हुने बताउनु भयो । उहाले आगामी दिनमा सरकारले सार्वजनिक विकासका लागि पठाएको रकमले लक्षित समुदायमा सञ्चालित विकास निर्माणको कामहरुमा अझ प्रभावकारी रुपमा टेवा पु¥याउने र सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । तरकारी उत्पादन, फलफूल , उखु खेती र माछापालनले सर्लाही जिल्लालाई परिचित गराउन सफल भएको बताउँदै राष्ट्रपति भण्डारीले देशलाई आर्थिक रुपमा समृद्ध बनाउन मद्धत पु¥याउने किसानहरुलाई बधाई दिनुभयो । राष्ट्रपति भण्डारीले शुकवार लालबन्दीको कार्यक्रम सकाएर सर्लाहीको ऐतिहासिक स्थल नाढीमन तालको समेत अवलोकन गर्नुभएको छ ।