हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

नविल वैंकको ६२औं शाखा हरिवनमा ।।

image not found
 
रेडियो सर्लाही 
              वैशाख २६ । नविल वैंक लि. ले हरिवनमा आफ्नौ ६२औं शाखाको उद्घाटन गरेको छ । करीब ३ महिना पहिले देखि नै कारोवार सुरु गरेको वैंकले मंगलवार एक कार्यक्रम गरी ६२औं शाखाको औपचारिक उद्घाटन गरेको हो ।
             सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगर उपप्रमुख रेणुका पौडेल, बैंकका कार्यकारी प्रमुख अनिल केशरी साह, हरिवनका उद्योगी, व्यापारी, समाजसेवी, राजनितिक दलका प्रतिनिधीहरुको उपस्थितीमा बैंकका अध्यक्ष सम्भु प्रसाद पौडेलले रिवन काटी हरिवन शाखाको उद्घाटन गर्नु भएको वैंकका शाखा प्रबन्धक मङ्गल श्रेष्ठले जानकारी दिनुभयो । 
            नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताउनु भयो । साहकाअनुसार बैंक ६२ शाखाको बृहद् सञ्जाल, १०५ एटिएमका साथै एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेण्टका साथमा देशव्यापी र विश्वभर धेरै एजेण्ट मार्फत सेवा प्रवाह गर्दै अघि बढिरहेको बताउनु भयो ।
            चुक्ता पुंजी ८ अरब ४ करोड रहेको नविल बैंकले निक्षेप ३५ देखि ११५ सम्म दिइरहेको छ । नविल बैंक लिमिटेडले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको थियो । जसमा सर्लाहीको हरिवन सिराहाको लाहान, सुर्खेतको विरेन्द्रनगर, कैलालीको टिकापुर लगायत रहेका छन् ।