हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

प्रजिअ कटुवालको विदाई ।।

image not found
 
रेडियो सर्लाही,
वैशाख २३ । छ महिना अघि प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाही आउनु भएका कृष्ण बहादुर कटुवाल सरुवा भई जानु भएको छ ।
       उहाँलाई आज विभिन्न नगरपालका तथा संघ संस्थाले विदाई समेत गरेका छन् । २०७४ साल कार्तिक २० गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिई सर्लाही आउनु भएका कटुवालको केही दिन अघि गृह मन्त्रालयले निकालेको सरुवा सूची अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा सरुवा भएको छ ।
      आईतवार कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रजिअ कटुवालाई सामुदायिक रेडियो सर्लाही तथा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले विदाई गर्नु भएको छ । बागमती सेवा समाजको कार्यालयमा भएको विदाई कार्यक्रममा बोल्दै प्रजिअ कटुवालले संचार क्षेत्रमा सामुदायिक रेडियो सर्लाहीले र सामाजिक क्षेत्रमा  बागमती सेवा समाजले पु¥याएको योगदान प्रसंशनीय रहेको बताउनु भयो । सो अवसरमा प्रजिअ कटुवाललाई गणेशको मूर्ति मायाको चिनो स्वरुप प्रदान गरिएको छ ।
       त्यस्तै प्रजिअ कटुवाललाई हरिवन नगरपालिकाले पनि एक कार्यक्रम गरी विदाई गरेको छ । विदाईका क्रममा जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पराजुली र हरिवन नगर उपप्रमुख रेणुका पौडेलले विदा भई जान लाग्नु भएका प्रजिअ कटुवालको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँहरुले प्रजिअ कटुवाललाई मायाको चिनो वुद्धको मुर्ति समेत प्रदान गर्नु भएको छ । प्रजिअ कटुवालले सर्लाहीमा रहेर शान्ति सुरक्षा कायम राख्नमा उल्लेख्य भुमिका खेलेको, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईलाई फोनमार्फत धम्क्याएर फिरौती माग्ने प्रमोद वैठालाई पक्राउ गर्न सफल हुनु भएको थियो ।
        त्यस्तै किसानको उखु आन्दोलनमा समेत सघाउनु भएको भन्दै उहाँ प्रसंसाको पात्र बन्नुु भएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनु भयो ।
प्रजिअ कटुवाल गए पछि उहाँको ठाउँमा भक्तपुर जिल्लाका प्रजिअ द्रोण पोेख्रेल सर्लाहीको प्रजिअ भई आउनु हुने भएको छ ।