हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

चिनी उद्योगकै कारण हरिवनमा अव दुर्गन्ध नहुने ।।

image not found
सोम दियाली, सर्लाही 
                वैशाख १७ । हरिवनमा ईन्दुशंकर चिनी उद्योगबाट निस्कने व्यवस्थित नभएकै कारण यहाँ दुर्गन्ध फैलिएको छ । तर अब चिनी उद्योगबाट निस्कने ढलकै कारण हरिवनमा दुर्गन्ध नहुने भएको छ । 
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सहितको टोलीले  सोमवार उद्योगपति राजेश बाबु केडियासँग भेटी ढल व्यवस्थापनमा ध्यान दिन अनुरोध गरे पछि उद्योग त्यसमा सकारात्मक भएको हो । भेटमा आगामी उखु क्रसिङ्गको सिजन अगावै उद्योगबाट निस्कने ढलको उचित व्यवस्थापन भई सक्ने उद्योगीले बताएका वडा नम्बर ११ का अध्यक्ष शेख मेहवुव रेजाले जानकारी दिए । 
              चिनी उद्योगबाट निस्कने धुवाँ, धुलो र दर्गन्धको कारण हरिवनका नागरीक हैरान भई सकेका थिए । उनीहरुले यसको नियन्त्रणको लागि धेरै पटक उद्योगको ध्यानाकर्षण समेत गराए तर पनि उद्योगले चासो नदिँदा नागरीक झनै आजित थिए । उद्योग नै अन्यत्र सार्नु पर्ने पक्षमा यहाँका नागरीक देखिन्थे । गत मिति २०७४ साल चैत्र १३ गते जनकपुरमा उखु वार्ता भयो । वार्तामा उखु किसानको भुक्तानी दिने सहितका ६ बँुदे सहमति भयो । जसमा यहाँ फैलिएको धुवाँ, धुलो, दुर्गन्ध नियन्त्रण गर्ने पनि रहेको थियो । 
              तर सहमति अनुसार उद्योगले हरिवनमा धुवाँ, धुलो, दुर्गन्ध नियन्त्रणका लागि चासो दिएको नपाए पछि नगरप्रमुख प्रसाई, वडा नम्बर १० का अध्यक्ष शम्भु मैनाली, वडा नम्बर ११ का अध्यक्ष शेखमेहवुव रेजा सहितको टोली चिनी उद्योगकको अनुगमन गर्न गयो । उद्योगको अनुगमन गर्दै उनीहरुले उद्योगीलार्ई भेटेर सहमति अनुसार काम अगाडी बढाउन अनुरोध गरे । त्यसमा उद्योगी सकारात्मक भएको टोलीमा सहभागि वडा  अध्यक्ष रेजाले बताए । भेटमा उद्योगी केडियाले उद्योगबाट निस्कने ढल अण्डरग्राउण्ड नाला निर्माण गरी निकासा गरिने बताए । 
              त्यस्तै उद्योगबाट निस्कने ढल तथा पानी उद्योग मातहत संचालनमा रहेको अमरावती मधशालामा मिसाउनाले त्यसले अत्यधिक झिंगा फैलिएको भन्दै झिंगा नियन्त्रणका लागि समेत मेयरको टोलीले आग्रह गरेका थिए । त्यस्तै अहिले उद्योगमा प्रयोग भई रहेको धुवाँ फिल्डर गर्ने मेसिन आगामी सिजनबाट अलि बढी गुणस्तरको राख्ने र त्यसो गर्दा कालो धुलो नउड्ने र नागरीकलाई असर नगर्ने उद्योगीले आश्वासन समेत दिएका छन् ।
              भुक्तानी दिन बाँकी रहेको किसानको उखुको भुक्तानी भने नियमित रुपमै भुक्तानी गरि रहेको बताउँदै उद्योगले असार मसान्त सम्म सवै किसानको उखुको भुक्तानी दिई सक्ने उद्योगले बताएको छ । 
यस सिजनका लागि भने चैत्र २६ गते नै क्रसिङ्ग बन्द भई सकेको छ भने यस सिजनमा उद्योगले लक्ष्य भन्दा करीब ८ लाख क्यूण्टल वढी उखु क्रसिङ्ग गरेको जनाएको छ ।