हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

विद्यालय बाहिर कोही बालबालिका भए मलाई भन्नुसः मेयर प्रसाईं

image not found
सोम दियाली, सर्लाही  
                  वैशाख १६।  वैशाख २ गते देखि देश भरी विद्यार्थी भर्ना अभियान सुरु भयो । मन्त्री, जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक समेत अभियानलाई सफल बनाउन कस्सिएर लागे । अभियान के कति सफल भयो त्यो शिक्षा मन्त्रालयले बताउँला नै । 
          तर यसरी अभियान चलाउँदा पनि अझै लाखौं बालबालिकालाई अभियानले छुन नसकेको, दुर दराज र गाउँ गाउँ सम्म अभियान पुग्न नसकेको जन गुनासाहरु बन्द भएका छैनन् । देश भरीमै विद्यालय बाहिर रहेको बालबालिकाको संख्या सर्लाहीमा रहेको तथ्यांक बाहिर आएकै हो । 
         यो अभियानले कति बालबालिका विद्यालयको पहूँच सम्म पुगे पुगेनन्, त्यो पनि भोलीको तथ्यांकले बताउला । तर अभियान चलाउँदा समेतसवै बालबालिकालाई विद्यालय पहूँच सम्म ल्याउन नसकिएको चाहिँ पक्कै हो । हजारौं बालबालिका अझै विद्यालयको पहूँत सम्म पुगेका छैनन् । 
        यसै क्रममा हरिवनमा पनि अझै बालबालिकाहरु विद्यालय बाहिर रहेको भन्ने गुनासो आउन थाले पछि यहाँका मेयर गणेश प्रसाईले हरिवनमा कोही बालबालिका विद्यालय नगएको पाईए आफुलाई खवर गर्न अनुरोध गरेका छन् । 
विद्यालय नगएका बालबालिकालाई नगरपालिकाले विद्यालय सम्म जाने वातावरण बनाउने मेयर प्रसाईले बताए । उनले– ‘‘यदि कोई बालबालिका तपाईले विद्यालय नगएको पाउनु भयो भने वडा कार्यालय, नगरपालिका कार्यलय वा मलाई सिधै सम्पर्क गराई दिनुस, म उनीहरुलाई जसरी पनि विद्यालय पढ्ने वातावरण बनाउँछु ’’ विद्यार्थी भर्ना अभियान सुरु भएकै दिन ७ वर्षिय आस्मा खातुन र १० वर्षिय आस्मीन खातुनलाई महादेव जनता माविमा नाम लेखाई, शैक्षिक सामाग्री समेत प्रदान गरि अभिभावकत्व ग्रहण गरेका मेयर प्रसाईले अझै पनि अभिभावकमा बालबालिकालाई विद्यालय पठाउनु पर्छ भन्ने चेतना विकास हुन नसकेको कारण लाखौं बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु दुःखद् भएको तितो समेत पोखे । 
         उनले–‘‘ यति हुँदा हँुदै पनि समग्रमा २ नम्बर प्रदेश र सर्लाही जिल्ला नै देशभरीमा शिक्षामा पछाडी भए पनि हरिवन र उत्तरी क्षेत्रका केही स्थानीय तह शिक्षामा देश भरी मै अगाडी छ’’ भन्दै जिकिर समेत समेत गरे । ‘‘शिक्षाको क्षेत्रमा हेर्ने हो भने हामी देशभरीमै अगाडी छौं, त्यसो भनेर हामी चुप लागेर वस्दैनौं । 
         यहाँका विद्यालयहरुको शैक्षिक र भौतिक संरचना सुधारमा समेत हाम्रो ध्यान जानेछ।’’ उनले नगरपालिकालाई शैक्षिक हव बनाउनका लागि नगरभित्रका सामुदायिक विद्यालय, सहकारी विद्यालय र निजी विद्यालयहरुले जनताका छोराछोरीलाई समान ढंगले शिक्षा दिने वातावरण निर्माण गर्नका लागि शैक्षिक नीति बनाएरै अघि वढ्ने बताए । 
उनले आफुले यस क्षेत्रमा मेडिकल कलेजको समेत परिकल्पना गरेको बताए ।