हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

हरिवनमा अडियो नोटिस वोर्ड सेवा सुरु ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
 
           चैत्र ९ । सर्लाहीको हरिवन नगरपालिकाले अडियो नोटिस बोर्ड अर्थात श्रव्य सूचना सेवा सुरु गरेको छ ।
सूचना प्रविधिको विकास र प्रयोग सँगसँगै सार्वजनिक सरोकारका सूचना तथा सेवालाई सहज र सरल ढंगले प्रवाह गरी नागरीकलाई सुशासनको प्रत्याभूति दिने उदेश्यले अडियो नोटिस वोर्ड सेवा संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो । सेवा सुरु भएसँगै नगरपालिकाका सूचना अब नागरीकले आफ्नै मोवाईलबाट थाहा पाउन सक्ने छन् ।
       अब नारीकहरुले १६१८–०४६–५३०४९९ मा फोन गरी हरिवन नगरपालिकाका नवीन गतिविधी जानकारी लिन सक्नेछन् । साथै नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उदेश्यले यस अघि नै फ्रि वाईफाई सेवा सुरु गरि सकेको नगरपालिकाले छिट्टै नै डिजिटल नागरीक वडा पत्र राख्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।