हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

सर्लाहीमा विद्युत महसुल नबुझाउने ६० गा्रहकको लाइन काटियो

सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले ६० जना भन्दा बढी ग्राहकको बिजुली काटेको छ । प्राधिकरणले एक हप्ताको अवधीमा वर्षौ देखि विद्युत महसुल नबुझाउने ६० जना भन्दा बढी ग्राहकको लाइन काटेको हो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फूलपरासी, बलरा, अचलगढ, गोडैता, बरहथवा लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौ देखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटन अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको छ । प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत २८ करोड भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको यादवले बताउनुभयो । त्यसमध्ये एक करोड १८ लाख रुपैँया सडक बत्तीको बक्यौता रकम उठ्न बाँकी छ । विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय र अस्पतालहरु रहेका छन् ।