हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

फोहोर फाल्ने विषयमा स्थानीय र नगरपालिका वीच विवाद ।।

image not found
रेडियो सर्लाही 
                 फाल्गुन २८ ।   हरिवन नगरबाट निस्केका फोहोर फाल्ने विषयमा स्थानीय र नगरपालिका वीच विवाद भएको छ । नगरपालिकाले ल्याण्डफिल साईडको रुपमा फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले फोहोर फाल्न नदिए पछि हरिवनमा फोहोर व्यवस्थापनमा समस्या आएको हो ।
           नगरपालिकाले हरिवन नगरपालिका ४ सासापुर स्थित राजमार्गबाट केही दक्षिण लखनदेही खोला किनारमा ल्याण्डफिल साईडको रुपमा फोहोर फाल्दै आएको थियो । तर जथाभावी फोहोर फालेको कारण गाउँभरी दुर्गन्ध फैलिएको र खाना खाने वेलामा हरियो झिँगा भन्केको भन्दै हरिवन ४ गणेश चोकका स्थानीयले त्यहाँ फोहोर फाल्न नदिए पछि फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा नगरपालिकालाई चिन्ताको विषय भएको छ ।
          विगत ४÷५ दिन देखि त्यहाँ फोहोर फाल्न नदिए पछि हरिवन नगरपालिका वडा नम्बर ७, १० र ११ को सिमानामा पर्ने पिडारी भन्ने स्थानमा पोखरी जस्तो खाल्डो खाल्डोमा फोहोर फाल्ने गरिएको भए पनि त्यहाँ पनि स्थानीयले अवरोध गरे पछि नगरपालिकालाई झन समस्या परेको हरिवन नगरपालिकाका विपत तथा फोहोर मैला व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा नम्बर ७ का अध्यक्ष नेत्र मैनालीले बताउनु भयो । उहाँका अनुसार पहिले फोहोर फाल्दै आएको स्थानमा फोहोर व्यवस्थापन गर्नका लागि स्थानीयसँग वार्ता गर्न वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर वाईवाको संयोजकत्वमा वार्ता समिति वनाइएको छ ।
           वार्ता समिति सहित नगरपालिकाका पदाधिकारी र स्थानीय वीच वार्ता हुना साथ समस्या समाधान हुने अध्यक्ष मैनालीले बताउनु भयो । स्थानीयले भने लखनदेही खोला किनारमा फोहोर फाल्दा फोहोरको कारण फैलिएको दुर्गन्धले विभिन्न खाले रोग निम्तने भन्दै अन्यत्रै फोहोर व्यवस्थापन गर्नु पर्ने माग राख्दै आएका छन् ।