हरिवन १०,सर्लाही

2:00 PM - 2:15 PM

अहिले तरंगमा : ताजा खबर

2:15 PM - 3:00 PM

यसपछि : आधुनीक गित

समाचार

सागरनाथमा ५ दिने वृहत् ल्होछार साँस्कृतिक कार्यक्रम सुरु

image not found
राजु तामाङ, सर्लाही।
             फागुन १० । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथमा ५ दिने वृहत् ल्होछार साँस्कृतिक कार्यक्रम सुरु भएको छ। सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको सहयोगार्थमा नेपाल तामाङ घेदुङ ईश्वरपुर नगर कमिटीले आयोजना गरिएको हो। बिहीबार औपचारिक कार्यक्रम गरि ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाको प्रमुख आतिथ्यतामा शान्तिको दिप प्रज्वलन गरी उद्घाटन गरिएको हो।
          विशिष्ट अतिथिमा नगरपालिकाकी उपमेयर एकावती चौधरी,विशिष्ट अतिथिमै नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य अर्जुन योञ्जन, अतिथिहरुमा नगरपालिकाका १५ वटै वडाका वडाध्यक्ष, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी योञ्जन, उपाध्यक्ष जयमान पाख्रिन, गुम्बाका अध्यक्ष, नेपाल आदिवासी जनजाति महाँ संघ जिल्ला समन्वय सितिका पूर्व अध्यक्ष हिराकाजी योञ्जन घेदुङका जिल्ला सदस्य इन्द्र बल, घेदुङका प्रमुख सल्लाहकार तथा समाजसेवी गंगालाल थिङ, नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटीका अध्यक्ष शशि बल तामाङ, नगर कमिटीकै सचिव अनि तामाङ सञ्चार समूह सर्लाहीका अध्यक्ष राजु लो तामाङ र पेमा छ्योइलिङ गुम्बाका अध्यक्ष शुभलाल बोम्जनको आतिथ्यता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले तराईमा रहेका तामाङ हरुले विर्सिदै गई रहेको आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति लाई जोगाइ राख्न यस्तो कार्यक्रमले ठुलो भुमिका खेल्छ र आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
          तामाङ लगायत सबै जात जातिको पहिचानको लागि आवश्याक सहयोग गर्न सधै नगरपालिका साथमा रहने कुरालाई पनि जोड दिनु भएको थियो। साथै सागरनाथलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले गुरु योजना बनाई सकेको कुरा पनि राख्नु भएको थियो। सो कार्यक्रम मार्फत स्थानीय तहमा निर्वाचित ईश्वरपुर नगरपालिकाका जन प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। फागुन १० गते देखि सुरु भएको कार्यक्रम १५ गते सम्म चल्ने कार्यक्रमका संयोजक सुनिल मोक्तानले जानकारी दिनु भएको छ।
         दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकार लगायत स्थानीय कलाकारको प्रस्तुति हेर्न सकिने र विभिन्न प्रकारका मनोरञ्जन खेलका सामग्री हरु खेल्न सकिनेछ। घेदुङका नगर कमिटीका अध्यक्ष जनकलाल स्याङबाको अध्यक्षतामा भएको कार्यक्रमलाई रुपेश थिङले सञ्चालन गर्नु भएको थियो।