हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

शिशु प्रज्ञा सदन इंलिस वोर्डिङ स्कुलले आफ्नो २१औं वार्षिक उत्सव सम्पपन ।।

image not found
रेडियो सर्लाही ।
            फाल्गुन ६ । सर्लाहीको हरिवन १० सुखेपोखरीमा रहेको शिशु प्रज्ञा सदन इंलिस वोर्डिङ स्कुलको २१औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । स्कुलका संस्थापक प्रिन्सीपल मनोज थापाको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आईतवार स्कुलको २१औं वार्षिक उत्सव सम्पन्न भएको हो ।
            वार्षिक उत्सवमा निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याव्सनका केन्द्रीय सदस्य मदन आचार्य, प्याव्सन सर्लाहीका अध्यक्ष गोपाल पंजियार, शिक्षासेवी चुडामणि वाग्ले विशिष्ट अतिथी हुनुहुन्थ्यो । त्यस्तै प्याव्सन सर्लाहीका सल्लाहकार सागर गिरी, सचिव सुदर्शन थपलिया, कोषाध्यक्ष नरेश दास, महादेव जनता मावि हरिवनका प्रधानाध्यापक जयशंकर सिंह र अन्य विशिष्ट महानुभावहरुको समेत आतिथ्यता रहेको थियो ।
             वार्षिक उत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी लगायतका वक्ताहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुका साथै निजी विद्यालयले शिक्षामा पु¥याएको योगदानको राज्यले उच्च मूल्यांकन गर्नु पर्ने बताएका थिए । वार्षिक उत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बनाएका हस्तकला तथा चित्रकला समेत प्रदर्शनी गरिएको थियो ।
            त्यस्तै विद्यार्थीहरुकै पहलमा शिशु प्रज्ञा पोष्ट मासिक भित्ते पत्रिकाको समेत सुभारम्भ गरिएको स्कुलका संस्थापक तेज नारायण आलेले जानकारी दिनु भयो ।