हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

नेकपा एमाले सर्लाहीको जिल्ला कमिटिको १८औं बैठक ईश्वरपुरमा सम्पन्न ।।

image not found
सोम दियाली, रेडियो सर्लाही ।
            फाल्गुन ५ । नेकपा एमाले सर्लाहीको जिल्ला कमिटिको १८औं बैठक शनिवार सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षता तथा नेकपा एमाले प्रदेश नम्बर २ का पोलिटव्यूरो सदस्य नागेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा ईश्वरपुर नगरपालिका ४ सागरनाथमा बैठक सम्पन्न भएको हो ।
            वैठकले पार्टीको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यस्तै जिल्लाका सवै स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधीहरुलाई पनि वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । पार्टी सचिव एवं सर्लाही क्षेत्र नम्बर १ ख की प्रदेश सभा सदस्य बेची लुंगेलीले संचालन गर्नु भएको बैठकले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको समीक्षात्मक रिपोर्ट चैत्र मसान्त भित्र जिल्ला कमिटिमा पेश गर्न स्थानीय स्तरका कमिटीहरुलाई निर्देशन दिएको छ ।
             त्यस्तै वैठकले पार्टीको सदस्यता नवीकरण गर्न, नयाँ सदस्यता प्रदान गर्न समेत स्थानीय संगठनहरुलाई निर्देशन दिने निर्णय गरेका एमाले सर्लाहीका एक नेताले बताएका छन् । त्यस्तै निर्वाचित जनप्रतिनिधीहरुले समाजवाद उन्मूख रचनात्मक काम गरी जनताको मन जित्ने गरी ईमान्दारीताका साथ जनताको काममा तल्लीन हुन समेत निर्देशन दिइएको जिल्ला अध्यक्ष पन्तले बताउनु भयो ।
           वैठकमा पूर्व साँसद कमलादेवी महतो, प्रदेश सभाका समानुपातिक साँसद रविन्द्र वैठा लगायतको उपस्थिती रहेको एमाले सर्लाहीले बताएको छ ।