हरिवन १०,सर्लाही

11:15 AM - 12:00 PM

अहिले तरंगमा : नेपाली फिल्म गित

12:00 PM - 12:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

अव्यवस्थित बसोवासको बारेमा राम्रोसँग बुझेको छु ः अध्यक्ष आचार्य ।।

image not found
सोम दियाली, रेडियो सर्लाही ।
          फाल्गुन ५ ।  व्यवस्थित बसोबास समिती सर्लाहीका अध्यक्ष कुवेर आचार्यले अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको बारेमा आफुले राम्रोसँग् बुझेको बताउनु भएको छ ।
         शनिवार सर्लाहीको बागमति नगरपालिका १ ढुंग्रेखोला स्थित नयाँ बस्तीमा राष्ट्रिय भूमिअधिकार जिल्ला मंच सर्लाहीले आयोजना गरेको स्वागत तथा समन्वयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । गत माघ ८ गतेको मन्त्री परिषद बैठकको निर्णयले व्यवस्थित बसोबास समितीको अध्यक्ष लगायतको पदाधिकारीलाई नियुक्ती दिए पछि शनिवार भूमिअधिकार मंच सर्लाहीले नवनियुक्त पदाधिकारीहरुलाई स्वागत सहित समन्वयतात्मक कार्यक्रम गरेको हो ।
         कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आफुले सुकुम्बासीको समस्या बुझेको बताउदै ऐन नियम र निर्देशिकाको दायरा भित्र रहेर प्राथमिकता साथ सुकुम्वासी समस्या समाधान गर्दै जाने बताउनु भयो । उहाँले आफु र आफुले नेतृत्व गरेको समितिले मात्रै सुकुम्वासी र अव्यवस्थित वसोवासको समस्या समाधान गर्र्न सम्भव नभएको भन्दै भूमि अधिकार मंच र अन्य सवैले सहयोग गर्नु पर्ने बताउनु भयो । व्यवस्थित वसोवास समितिको अवधि दुई वर्षको भए पनि ढिलो गरी समिति गठन भएको भए पनि बाँकी अवधिमा व्यवस्थित वसोवास र सुकुम्वासीका पक्षमा धेरै काम गर्ने लक्ष्य रहेको अध्यक्ष आचार्यले बताउनु भयो ।
        भूमिअधिकार जिल्ला मञ्च सर्लाहीका अध्यक्ष जीत बहदुर गोलेको अध्यक्षतामा भएको समन्वयात्मक कार्यक्रममा व्यवस्थित वसोवास समितीकी सदस्य सोनु कुमारी बोम्जन, गणेश यादव, बागमती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गम्भीर सिंह पाख्रिन,मञ्चका जिल्ला संयोजक मदन विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राख्नु भयो ।
        विगत १३ वर्ष देखि मंचले सर्लाही जिल्लामा भूमिहीन सुकुम्वासीको पक्षमा काम गर्दै आइ रहेको छ भने जिल्लामा करीब ११ हजार भूमिहीन सुकुम्वासी रहेको आँकलन गरिएको छ ।