हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

: AM - : AM

यसपछि :

समाचार

बरहथवा नगरपालिका चैत्र मसान्त भित्र खुल्ला दिशामुक्त नगर बन्ने ।।

image not found
रेडियो सर्लाही ।
            फाल्गुन ५ । सर्लाहीको वरहथवा नगरपालिका जिल्लाको तेश्रो खुल्ला दिशामुक्त नगरपालिका हुने भएको छ । त्यहाँ सरसफाईको क्षेत्रमा काम गर्दै आएको हरिवनमा रहेको बागमती सेवा समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधीहरुले नगरपालिकालाई चैत्र मसान्त भित्र खुल्ला दिशामुक्त बनाउन प्रतिवद्धता जनाएका हुन ।
          नगरपालिकाकी उप मेयर सीता माझीको अध्यक्षता तथा मलंगवा नगरपालिकाका प्रशाकिय अधिकृत एवं जिल्ला समन्वय समितिका अधिकारी राजकिशोर महतोको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।  बरहथवा नगरपालिकामा  १४ हजार एक सय घर धुरी रहेका छन् । ती मध्ये ११ हजार ६ सय घर धुरीमा शौचालय बनी सकेको छ भने अब २५ सय घर मा शौचालय बन्न बाँकी रहेको त्यहाँ सरसफाईको क्षेत्रमा काम गर्ने बागमती सेवा समाजका कार्यकारी निर्देशक निरोज भण्डारीले बताउनु भयो ।
        बागमती सेवा समाजले बरहथवा नगरपालिका सहित जिल्लाका २० स्थानीय तह मध्ये चक्रघट्टा, धनकौल, गोडैता लगायत ८ ओटा स्थानीय तहमा काम गरि रहेको छ । उसले काम गरेको स्थानीय तह मध्ये जिल्लाको पहिलो खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा बागमती नगरपालिका लाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरि सकिएको छ । त्यस्तै हरिवन नगरपालिका पनि दोश्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा भई सकेको छ भने अब तेश्रोमा बरहथवालाई घोषणा गर्ने तयारी भएको समाजका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
      अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनीयर शिवशंकर रौनियार, सरसफाई दूत नृपेन्द्र सिंह, १८ ओटै वडाका वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी, नागरीक समाज र वागमती सेवा समाजका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
           त्यस्तै बागमती सेवा समाजले त्यहाँका निर्वाचित जनप्रतिनिधीहरुलाई दोसल्ला ओढाई फुलमाला अविरले सम्मान गरेको छ । समाजका अध्यक्ष भरतकुमार कार्की लगायतले जनप्रतिनिधीहरुलाई सम्मान गर्नु भएको बागमती सेवा समाजले जनाएको छ ।