हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

नयाँ टोलमा मन्दिर बनाउन महायज्ञ सुरु ।।

image not found
रेडियो सर्लाही ।
फाल्गुन ५ ।  सर्लाहीको हरिवन नगरपालिका २ जियाजोर नयाँ टोलमा शनिवार देखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । लालबन्दी र हरिवन नगरपालिकाको सीमानामा पर्ने नयाँ टोलमा लक्ष्मीनारायणको मन्दिर निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो ।
       आयोजक समितिका उपाध्यक्ष पर्शुराम गिरीको अध्यक्षतामा शनिवार एक कार्यक्रमका विच प्रमुख अतिथी एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले महायज्ञको उद्घाटन गर्नु भयो । कार्यक्रममा समाजसेवी चुडामणि वाग्ले विशिष्ट अतिथी रहनु भएको थियो ।
      शनिवार विहान कलश यात्रा गरी शुभारम्भ गरिएको महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै मेयर गणेश प्रसाईले त्यहाँ मन्दिर निर्माणका लागि आवश्यक सिमेन्ट, ईट्टा लगायतका सामाग्री सहयोग गर्ने बताउनु भएको छ । त्यस्तै वडा नम्वर २ का वडा अध्यक्ष अर्जुन महतोले २५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धा जनाउनु भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष रुद्र कटुवालले जानकारी दिनु भयो ।
           महायज्ञमा भागवत वाचक पण्डित भोजराज मिश्रले सुमधुर संगीतमय शैलीमा कथा वाचन गरि रहनु भएको छ । महायज्ञ फाल्गुन १२ गते सकिने छ ।