हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

समाज रुपान्तरणको मूल आधार नै रेडियो ः चुडामणि वाग्ले ।।

image not found
सोम दियाली, रेडियो सर्लाही ।
                फाल्गुन १ । सर्लाहीमा रेडियोको सुरुवात कर्ताको रुपमा चिनिनु हुने समाजसेवी चुडामणि वाग्लेले समाज रुपान्तरणको मूल आधार नै रेडियो भएको बताउनु भएको छ ।
     सातौं विश्व रेडियो दिवसको अवसरमा मंगलवार विहान सामुदायिक रेडियो सर्लाहीको लोकप्रिय कार्यक्रम सन्दर्भ सम्वादमा कुराकानी गर्नु हुँदै रेडियोको संस्थापक अध्यक्ष समेत रहनु भएका वाग्लेले नागरीकलाई हरेक घट्ना तथा गतिविधिको बारेमा सर्वप्रथम जानकारी गराउने माध्यम नै रेडियो भएकोले रेडियोको प्रभावकारीता अझै बढ्दै गएको बताउनु भएको हो ।
     जिल्लामा संचालनमा रहेका रेडियोका संचालक, रेडियोकर्मी र जिल्लामा रेडियोको सुरुवात गर्न सघाउने सवै महानुभावलाई उहाँले धन्यवाद समेत दिनु भएको छ । गाउँघर तथा दुरदराजमा पत्रपत्रिका, ईमेल ईन्टरनेट अझै पनि सर्वसुलभ भई नसकेको अवस्थामा नागरीकलाई जानकारी र सूचना दिने पहिलो र सर्वसुलभ माध्यम नै रेडियो भएको बताउनु हुँदै उहाँले रेडियोहरुले मनोरञ्जनका अलावा चेतनामूलक, शिक्षामूलक कार्यक्रमहरु संचालन गर्न सक्नु पर्ने बताउनु भयो ।
    “हरेक काममा चुनौती हुन्छ, रेडियो संचालनमा पनि त्यस्तै चुनौती थियो, लोड सेडिङ्गको कारण जेनेरेटरमा तेल हाल्दाहाल्दा टाट पल्टेका रेडियोहरुले विद्युत नियमति भएसँगै राहत महसुस गरेका छन्,” उहाँले भन्नु भयो– “रेडियोकर्मीले समाजमा आपासी मेलमिलाप, अमनचैन कायम गराउनमा महत्वपूण भूमिका खेल्नु पर्छ रेडियोमा बोलिएको कुराले कसैलाई चोट र ठेस पुग्नु हुँदैन । साम्प्रदायिक हिंसा फैलाउने काम पनि रेडियोले गर्नु हुँदैन त्यसैले रेडियोमा बोल्नेहरुले तालिम लिएर सिकेर मात्रै रेडियोमा कार्यक्रम सचालन गर्दा रेडियोको प्रभावकारीता अझ बढ्छ ।” उहाँले भन्नु भयो ।
   सर्लाहीमा अहिले ७ ओटा रेडियो संचालनमा रहेका छन् । ती मध्ये पहिलो रेडियोको रुपमा हरिवनमा रहेको सामुदायिक रेडियो सर्लाहीले २०६६ साल जेष्ठ १८ गतेबाट आफ्नो प्रसारण शुभारम्भ गरेको थियो ।