हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

“नेपालमा सहिदको योगदान” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न ।।

image not found
रेडियो सर्लाही, हरिवन

          माघ १९ ।  सर्लाहीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा शुक्रवार वक्तित्व कला प्रतियोगीता सम्पन्न भएको छ ।  स्वतन्त्र विद्यार्थी यूनियन चर्तुभुजेश्वर जनता वहुमुखि क्याम्पसको आयोजनामा “नेपालमा सहिदको योगदान” विषयक वक्तित्वकला प्रतियोगिता गरिएको हो । स्ववियू सभापति प्रज्वल ढुङ्गानाको अधक्षता तथा हरिवन नगरपालिका वडा नम्बर १० का वडा अधक्ष शम्भू मैनालीको प्रमुख आतिथ्यतामा हरिवन १० सुखेपोखरी स्थित चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पसमा प्रतियोगिता भएको हो ।

         प्रतियोगितामा १६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेकोका थिए । प्रतियोगितामा विविएस प्रथम बर्षमा अध्यनरत छात्रा यूनिशरा थापा प्रथम भइन् भने लक्ष्मी विक द्वितिय । त्यस्तै सूर्दसन चौलागाई  तृतीय भए भने आशिष तामाङ्ग  सान्त्वना भएका कार्यक्रमको संचालन गरेकी हाम्री सहकर्मी सुविना श्रेष्ठले जनाएकी छिन् ।  प्रतियोगितामा विजयी विद्यार्र्थीहरुलाई क्याम्पसको रजत जयन्तीका अवसरमा पुरस्कार वितरण गरिने स्ववियू सचिव विनोद रेग्मीले बताउनु भयो ।