हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

हरिवन नगरपालिकाको प्रथम नगर सभा शनिवार ।।

रेडियो सर्लाही, हरिवन
         माघ १९ ।  हरिवन नगरपालिकाले शनिवार आर्थिक वर्ष २०७४÷७५ को निति, कार्यक्रम र वजेट सार्वजनिक गर्ने भएको छ । नगरपालिकाले हरिवन नगरपालिका वडा नम्बर ८ स्थित महादेव जनता उच्च मावि पुरानो बजारको प्राङ्गणमा शनिवार विहान साँढे ११ वजे एक वृहद कार्यक्रम गरी बजेट सार्वजनिक गर्न लागेको हो । सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा हुने बजेट सार्वजनिकीकरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मेयर गणेश प्रसाईले बताउनु भयो ।
          गत सोमवार नगर कार्यपालिकाको वैठकले हरिवन नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ का लागि करीब ४८ करोडको निति, कार्यक्रम र बजेट अनुमोदन गरी पारित गरेको थियो । नगर कार्यपालिकाको वैठकद्वारा अनुमोदित निति, कार्यक्रम र वजेट सार्वजनिकीकरण कार्यक्रममा उपस्थित भई दिन मेयर प्रसाईले हरिवन नगरपालिकामा सक्रिया राजनितीक दल, संघसंस्था, सरोकारवाला र हरिवनवासीलाई समेत अपील गर्नु भएको छ ।
       निति, कार्यक्रम तथा वजेट सार्वजनिक नहुदा अवरुद्ध बनेका विकास निर्माणका कामहरु वजेट सार्वजनिक भए पछि युुद्धस्तरमा अघि वढ्ने हरिवनवासीले अपेक्षा गरेका छन् । निर्वाचित जनप्रतिनिधीहरुले पनि अब जनताले महसुस गर्ने गरी विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।