हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

मालपोत कार्यालयमा आगलागी हुँदा १० लाख बराबरको क्षति ।।

सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला मालपोत कार्यालयमा आगलागी भएको छ । मालपोत कार्यालय बाहिर पट्टी लेखन्दासहरु बस्ने छाप्रो र फोटोकपी गर्ने पसलमा आगलागी भएको सर्लाहीका प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार आगलागीमा परि नरेश शाह र राजकिशोर शाहले सञ्चालन गरेको फोटोकपी पसल भित्र रहेका कागजात, कम्प्यूटर र फोटोकपी गर्ने मेशिन जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । आगलागीमा परि लेखन्दासहरु बस्ने केही छाप्रोहरु पनि जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बिहान सबा ५ बजे देखि सुरु भएको आगलागी मलंगवा नगरपालिकाको दमकलको सहयोगमा प्रहरीले आधा घण्टा पछि नियन्त्रणमा लिएको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको आशंका गरेपनि घटना शंकास्पद भएकाले छानवीन गर्नुपर्ने स्थानीयवासी र पीडितहरुको माग छ ।