हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

सर्लाहीमा ६२ प्रतिशत विद्युत चुहावट

image not found

हरिवन- सर्लाहीमा गैरकानुनी रुपमा हुकिङ गरेर विद्युत चोरी गर्नेहरु बढेका छन् । नेपाल विद्युत प्राधिकरणले निरन्तर हुकिङ नियन्त्रण अभियान सञ्चालन गर्न नसक्दा विद्युत चुहावट बढेको हो ।

सर्लाहीमा प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत मात्रै अहिले ६२ प्रतिशत विद्युत चुहावट भैरहेको छ । जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश स्थानीयहरुले मिटर नराखी हुकिङ लगाएर बत्ती बाल्ने गरेको प्राधिकरणले जनाएको छ ।

मलंगवा वितरण केन्द्र अन्तर्गत दर्जनौ राइस मिल, पानी तान्ने मोटरहरु र चिरान मिल विद्युत चोरी गरेर सञ्चालन भैरहेका छन् । धेरै विद्युत चुहावट भैरहेकाले मिटर राखेर बत्ती बाल्नेहरु भोल्टेज कम आउने समस्यामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले कर्मचारी र प्राविधिक थोरै भएकाले हुकिङ नियन्त्रण अभियान सञ्चालन गर्न नसकिएको बताउनुभयो ।