हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

Slider

बालिका दिवसका अवसरमा रेडियो सर्लाहीले सम्पन्न गरेको टेक ओभर कार्यक्रमका क

image not found आज अक्टुवर ११ सर्लाही सहित देशैभरी बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सर्लाहीमा रहेका सामुदायिक रेडियोहरुले पनि आज दिवसका अवसरमा विशेष रेडियो कार्यक्रम संचालन गरेका छन् । जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो सर्लाहीले पनि आज किशोरीका सवालमा विशेष संवाद कार्यक्रम संचालन गरेको छ । रेडियो सर्लाहीले प्लान ईन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा म बालिका भएकीले भन्ने अभियान अन्तर्गत रेडियोमा टेक ओभर कार्यक्रम संचालन गरेको हो । रेडियोको लोकप्रिय कार्यक्रम सन्दर्भ सम्वादमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख देव कुमारी खत्री, हरिवन नगरपालिकाकी नव निर्वाचित उपप्रमुख रेणुका पौडेल र बालसंरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेलाई रेडियोले छनोट गरेको १६ वर्षिय किशोरी आरती शान्तिले महिला, बालबालिकाको सेरोफेरोमा प्रश्न गरेकी थिईन । सो अवसरमा कार्यक्रमका अथितीहरुले आगामी दिनमा किशोरी लगायत महिला तथा बालबालिकाको क्षेत्रमा विशेष योजना बनाएर काम गर्ने बताएका रेडियोका स्टेशन म्यानेजर सोम दियालीले बताउनु भयो ।