हरिवन १०,सर्लाही

3:15 PM - 4:00 PM

अहिले तरंगमा : मेरो रोजाई

4:15 PM - 5:00 PM

यसपछि : सदाबहार हिन्दी गित

हाम्रो बारेमा

image not found

सामुदायिक संचार सहकारी सस्था लिमिटेडद्वारा संचालित सामुदायिक रेडियो सर्लाही जिल्लाको सवै भन्दा जेठो रेडियो हो । सर्लाहीको हरिवनमा रहेको यो रेडियोले २०६६ साल जेठ १८ गते देखि प्रशारण सुरु गरेको थियो । देशका सवै जसो जिल्लामा रेडियो स्थापना भईसक्दा पनि सर्लाहीवासी भने संचारको यो महत्वपुर्ण माध्यमवाट वन्चीत भए पछि यो रेडियो स्थापना गरिएको हो । सुरुमा २७ जना स्थानीयवासीले डिभिजन सहकारी कार्यालयमा सस्था दर्ता गरेको यो सहकारी सस्थामा हाल 210 भन्दा वढी शेयर सदस्य रहनु भएको छ । सस्थामा १००० देखि १ लाख २५ हजारसम्म शेयर लगानी गर्ने सदस्यहरु यो सस्थामा रहनु भएको छ । जिल्ला विकास समिती, गाउ विकास समिती, शैक्षिक सस्था, सहकारी, गैर सरकारी सस्था र विभिन्न क्षेत्रका व्यक्तित्वहरु यस सस्थाका शेयर सदस्य रहनु भएको छ । हरिवन वजार स्थित पूर्व पश्चिम लोकमार्ग सगै रहेको रेडियो गाविस हरिवनको स्वामित्वमा रहेको जमिनमा रहेको चतुर्भुजेश्वर सामुदायिक पुस्तलकालयको भवनको माथिल्लो तलामा रहेको छ । सामुदायिक रेडियोको स्थायित्वको लागि सामाजिक सहमतिले रेडियोलाई यो भवन उपलव्ध गराएको हो । रेडियो विहान ५ वजे देखि राती १० वजे सम्म प्रशारण हुने गरेको छ । हरेक घण्टा ताजा समाचार वुलेटिन र अन्य मनोरन्जनात्मक कार्यक्रम वाहेक रेडियोले कृषि, पशुपालन, समुदायका उत्पादन प्रवर्धन गर्ने कार्यक्रम, नागरिक आवाज, महिला, दलित लगायत विभिन्न क्षेत्रका कार्यक्रमलाई समेट्न प्रयास गरेको छ । सस्थाको कार्य समिती र शेयर सदस्यहरुमा पनि समाजका सवै जाति, वर्ग र क्षेत्रका मानिसलाई समेट्ने प्रयास गरिएको छ । सस्थाले श्रमजीवि पत्रकार ऐन अनुसार सवै कर्मचारीलाई न्युनतम पारिश्रमिक प्रदान गरेको छ ।